
कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेका अनुसार धवन आइतवार साझ एयर इन्डिया मार्फत स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्किनु आघि शिखर धवनले एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका छन् ।
उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरे सहितको टोलीले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन् । उनीहरुले ३–४ घन्टा एभरेष्ट बेसक्याम्पमा विताएका थिए ।
यसअघि उनले एनपिएलका क्रममा पशुपति नाथ दर्शन गरेका थिए ।
शिखरले आउँदो मार्चमा नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेका छन् । कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए ।
