एसियन कप छनौटः नेपालले भियतनाम, मलेसिया र लाओसको सामना गर्ने

एएफसी एसियन कप २०२७ अन्तर्गत तेश्रो तथा अन्तिम चरणको छनौटका लागि नेपाल ‘एफ’ मा परेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा सोमबार भएको ‘ड्र’ मा नेपाल छनौटको समूह ‘एफ’ परेको हो ।

यस समूहमा नेपालसँगै भियतनाम, मलेसिया र लाओस समूह ‘एफ’ मा परेका छन् ।

एएफसीका अनुसार २५ मार्चबाट राउन्ड रोबिन फर्म्याटमा होम एन्ड अवेको आधारमा छनौट शुरु हुनेछ ।

त्यसअघि प्रत्येक समूहको विजेताले सन् २०२७ मा साउदीमा आयोजना हुने एएफसी एसियन कपमा स्थान पक्का गर्नेछन् ।

नेपालले मार्च २४ मा मलेसियासँग खेल्दै छनौटको शुरुवात गर्नेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ