म्यानचेस्टर सिटी हारबाट जोगियो

साविक विजेता म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिगमा बराबरी रोकिएको छ।

लगातार खराब प्रदर्शनबाट गुज्रिरहेको सिटीले शनिवार क्रिस्टल प्यालेससँग २-२ को बराबरी खेलेको छ। यो प्रर्दशनले सिटीको उपाधि रक्षा अभियानमा संकट बढ्दै गएको छ ।

खेलमा सिटी दुई पटक‌ पछाडि परेको थियो। चौथो मिनेटमा ड्यानियल मुनोजको गोलमा प्यालेसले‌ अग्रता लियो। ३० औं मिनेटमा सिटी इर्लिङ हाल्यान्डले गोल गर्दै खेलका बराबरीमा ल्याए ।

५६ औं मिनेटमा प्यालेसले लारोक्सले गोल पुनः अग्रता बनायो। ६८ औं मिनेटमा लेविसले गोल गरेपछि सिटी सम्भावित हारबाट जोगायो ।

सिटी १५ खेलमा २७ अंक सहितचौथो स्थानमा छ । प्यालेस भने समान खेलबाट १३ अंक सहित १६ औं स्थानमा छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ