
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको खराब प्रदर्शन रोकिएको छैन । युनाइटेड शनिवार नटिङ्घम फरेस्टसँग ३-२ ले पराजित भएको छ।
दोस्रो मिनेटमा मिलेन्कोभिचले गोल गर्दै फरेस्टलाई अघि बढाए । युनाइटेडका होजलुन्डले १८ मिनेटमा बराबरी फर्काए।
खेलको ४७ औं मिनेटमा जिब्स ह्वाइट र ५४ औं मिनेटमा उडले गोल गरेपछि फरेस्ट ३-१ को मजबुत अबस्था पुग्यो ।
युनाइटेडका ब्रुनो फर्नान्डेजले खेलको ६१ औं मिनेटमा गोल टोलीलाई खेलमा फर्काउने संकेत गरे त्यसपछि गोल थप्न सकेन ।
१५ औं खेलमा युनाइटेडको छैंटौं हार हो। १९ अंकका साथ युनाइटेड तालिकाको १३ औं स्थानमा छ। पाँचौं स्थानको फरेस्टको २५ अंक छ।