करातेमा लालीगुराँसलाई उपाधि

 लालीगुराँले तेश्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत करातेको उपाधि जितेको छ । १५ विद्यालयको सहभागिता रहेको करातेमा सर्वाधिक ६ स्वर्ण, १ रजत र २ कांस्य जित्दै लालीगुराँस समग्रमा च्याम्पियन भयो ।

   मानसिंह ४ स्वर्ण, ३ रजत १ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको सिद्धार्थ मोडेल एकेडेमीले १ स्वर्ण र १ रजत हात पा¥यो । १२ स्पर्धा समावेश करातेमा प्रारम्भ वल्र्ड स्कुलले १ स्वर्ण र १ कांस्य हासिल ग¥यो । विजेतालाई तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ