एसियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा निर्वाचित नेपाल कराते महासंघका महासचिव एवम् नेपाल सितोरियो कराते संघका संस्थापक अध्यक्ष दावा गुरुङलाई बुधवार एक कार्यक्रमका बीच सम्मान गरिएको छ।
काठमाडौ जिल्ला कराते महासंघ र काठमाडौ जिल्ला सितोरिया कराते संघले संयुक्त रुपमा आयोजना गरेको उक्त सम्मान एवम् स्वागत कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष तथा नेपाल सितोरियो करातेका संरक्षक युवराज लामा, महासंघका पदाधिकारीहरु, लगायत कराते क्षेत्रका विशिष्ठ व्यक्तिहरुको उपस्थिती थियो।
यसै साता सिंगापुरमा सम्पन्न १६ औं एसियन प्यासिफिक करातेमा नेपालले २ स्वर्ण,२ रजत र ५ कांस्यसहित ९ पदक जितेको थियो ।



