गाम्मा वल्र्ड एमएमए च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार इन्डोनेसिाको जकार्ता प्रस्थान गरेको छ ।
डिसेम्बर ६ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा विनोद श्रेष्ठले पुरुष ७० केजीमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
ग्लोबल एसोसिएसन अफ मिक्स मार्सल आर्ट्स (गाम्मा) को आयोजनामा हुने प्रतियोगिताको टोली प्रमुखमा राजीव महर्जन तथा प्रशिक्षकमा उमेश महर्जन रहेका छन् । खेलाडी सहभागिताको सम्पूर्ण खर्च ललितपुर जिल्ला खेलकुद विकास समिति तथा गाम्मा नेपाल एसोसिएसन अफ मिक्स मार्सल आर्ट्सका अध्यक्ष विनोद महर्जनले प्रायोजन गरेको टोली प्रमुख महर्जनले जनाएका छन् । आरडी फाउन्डेसन, एकता फाउन्डेसन र डा. मोहित गौतमले पनि सहयोग गरेका छन् ।
