नेपालले पहिलो टी-२० मा अमेरिकालाई हरायो

अमेरिकाविरुद्धको पहिलो टी-२० खेलमा नेपाल विजयी भएको छ। अमेरिकाको टेक्सासस्थित डलासमा शुक्रबार विहान सकिएको खेलमा नेपालले १७ रनको जित निकालेको हो।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको घरेलु टोली अमेरिकाले ७ विकेटको क्षतिमा १४७ रन जोड्यो।

अमेरिकाका लागि शयन जहनगिरले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले नटआउट ६० रन बनाउँदा ३४ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

अमेरिकाका कप्तान तथा ओपनर मोनाक पटेल तेस्रो ओभरको पहिलो बलमा ३ रनमा आउट भएका थिए। उनलाई रिजन ढकालले बोल्ड गरे। अघिल्लो ओभरमा अर्का ओपनर मुक्कामाला २ रनमा करण केसीको बलमा रोहित पौडेलबाट क्याच हुँदा नेपालले उत्कृष्ट सुरुवात गर्‍यो।

त्यसपछि आन्द्रेस गसले २५ बलमा ३० रन जोडे भने आरोन जोन्स ३ रन र मिलिन्ड कुमार २२ रनमा आउट भए। हर्मित सिंह शून्यमा एलबिडब्लूको धरापमा पारे।

नेपालका दीपेन्द्रसिंह ऐरीले १६ ओभरको पहिलो र दोस्रो बलमा मिलिन्ड र हर्मितलाई आउट गरेका थिए। जससँगै खेलमा नेपाल हाबी भएको थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ