नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकियो

नेपाल साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा भुटानसँग बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।

महिला साफको इतिहासमा नेपालले भुटानसँग यसअघिका सबै खेल जितेकोमा पहिलो पटक बराबरी खेल्न बाध्य भएको हो।

दशरथ रंगशालामा उपस्थित पाँच हजार दर्शकबीच भएको पहिलो हाफमा नेपालले पाएका अवसर सदुपयोग गर्न सकेन।

नेपालका लागि रश्मीकुमार घिसिङले दुइटा अवसर पाए पनि खेर फालिन्। उनको एक प्रहारलाई भुटानी गोलकिपर संगीता मोनगेरले विफल पारेकी थिइन्।

यस्तै सविता रानामगरले पनि प्राप्त अवसरलाई सदुपयोग गर्न सकिनन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ