जर्मनीको फराकिलो जित

जर्मनीले शनिवार युइएफए नेसन्स लिगमा हङ्गेरीमाथि ५-० को फराकिलो जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा जर्मनीको जितमा निकोलस फ्युलक्रुग, मुसियाला, फ्लोरियन विर्ट्ज, अलेक्जेन्डर पावलोभिच र काई हाभर्ट्जले एक एक गोल गरे ।

जर्मनीका निकोलस फ्युलक्रुगले २७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ५८औं मिनेटमा मुसियालाले गोल गर्दै अग्रता दोब्बर बनाए। विर्ट्जले ६६औं मिनेटमा र ७७ औं मिनेटमा पावलोभिचले गोल गर्दै जर्मनीलाई ४-० को अवस्थामा पुर्‍याए । ८१औं मिनेटमा काई हाभर्ट्जले पेनाल्टीमार्फत गोल थपे।

शनिवारका अन्य खेलमा नेदरल्यान्ड्स, अल्बानिया र ग्रिस विजयी भएका छन्। ग्रुप थ्रीमा नेदरल्यान्ड्सले बोस्निया एन्ड हर्जगोभिनालाई ५-२ ले पराजित गर्यो । ग्रुप वानमा अल्बानियाले युक्रेनलाई २-१ र ग्रुप टुमा ग्रिसले फिनल्यान्डलाई ३-० ले पराजित गरेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ