ज्ञानोदयलाई नेटबल उपाधि

आयोजक ज्ञानोदय बालवाटिकाले ज्ञान कार्निभल जुनियर नेटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।

बुङमतीस्थित घरेल कोर्टमा ज्ञानोदयले फाइनलमा मल्पी इन्टरनेसनल स्कुललाई २१–१३ ले पराजित ग¥यो । ज्ञानोदयकी शुभेच्छा वज्राचार्यले सर्वाधिक १८ स्कोर गरिन् ।

नेपाल नेटबल संघको सहयोगमा भएको प्रतियोगिताका विजेतालाई ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुमबाले एक कार्यक्रमबीच पुरस्कृत गरिन् । ज्ञानोदयको ५० औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा ७ छात्रा टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । यसअघि ज्ञानोदयको ५० औं वार्षिकोत्सवका अवसरमा अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ