एकै ओभरमा ३९ रन

टि२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ३९ रन बनाएर सामोआका ब्याट्सम्यान डारियस भिसेरले नयाँ कीर्तिमान कायम गरेका छन् ।

तेस्रो पुरुष टि ट्वान्टी आईमा २८ वर्षीय भिसेरले नलिन निपिकोको ओभरमा ६ छक्का र ३ नोबल सहित ३९ रन बनाएका हुन् । पुरुष टि ट्वान्टी आईमा पहिलो पटक कुनै टिमले एक ओभरमा ३९ रन बनाएको हो । भिसेरले निपिकोको पहिलो तीन बलमा डीप मिडविकेटमा छक्का प्रहार गरेका थिए । ओभरको चौथो बल नो बल भयो , त्यसपछि एक डट बल भएको थियो ।

निपिकोले पाँचौ बलमा दोस्रो पटक नो-बल गर्दा भिसेरले छक्का प्रहार गरे त्यसपछि पुन: नो बलमा २ छक्का प्रहार गरेपछि सबै जोडेरा एक ओभरमा ३९ रन बनाउना सफल भएका हुन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ