साफ यू-२० को खेलमा नेपाल १-० ले बिजयी

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि १-० को जित दर्ता गर्न सफल भएको हो । खेलको अधिकांश समय बल नियन्त्रणमा लिएको नेपालले मध्यतिर निराजन धामीको निर्णायक गोलमा जित दर्ता गरेको थियो ।

आक्रमक खेल खेलेको नेपालले पटक पटक गोलको अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग भने गर्न सकेन । श्रीलंकाले पहिलो हाफमै २ खेलाडी परिवर्तन गरेको थियो भने तेनुका रनवीरा घाईते हुँदै मैदान छोड्न बाध्य भएपछि नेपालले थप अवसर सिर्जना गरेको थियो, तर पुन: एकपटक पहिलो हाफकै फिनिसिङको समस्या दोहोरिंदा खेलमा अग्रता बढाउन असफल रह्यो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ