भुटानमाथि भारतको कठिन जित

भारतले साफ यू-२० च्याम्पियनसिप २०२४ मा भुटानमाथि कठिन जित निकालेको छ।

एन्फा कम्प्लेक्स सनतदोबाटोमा भएको खेलमा २ खेलाडी रेडकार्ड लिएर बाहिरिएपछि ९ खेलाडीमा रहेको भारतले दश खेलाडीमा रहेको भुटानलाई १-० ले पराजित गरेको हो । भारतका लागि मोनिरुफ मोल्लले ३७ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६९ मिनेटमा मैदानमा खेलाडीबीच हात हालाहाल भएपछि मैदान केहि समय तनाबग्रस्ता बन्न पुगेको थियो। धेरै पटक मौका पाउँदा पनि भुटानले गोल फर्काउन नसकेपछि भारतले १-० ले जित निकाल्न सफल भएको थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ