रियल म्याड्रिड र मालोर्का बिचको खेल रोकियो बराबरीमा

साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगाको पहिलो खेलमा मालोर्कासँग बराबरीमा रोकिएको छ।

गत साता भएको युइएफए सुपर कपमा रियलका लागि एटलान्टालाई २-० ले पराजित गर्दै उपाधि जितेको खेलमा एक गोल हान्दै डेब्यु गरेका फ्रान्सका स्टार स्ट्राइकर किलियन एमबाप्पे चल्न नसक्दा सोमबार मार्लोकाको घरेलु मैदानमा भएको खेलमा रियल १-१ को बराबरीमा रोकिएको हो ।

रियलका लागि रोड्रिगो र मार्लोकाका लागि वेदात मुरिकीले समान १-१ गोल गरेका थिए । १३औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए भने खेलको ५३ औं मिनेटमा वेदात मुरिकीले गोल गर्दै खेललाई बराबरी तर्फ़ धकेलेका थिए। इन्ज्युरी समयको अन्तिम मिनेटमा रियलका फ्रिल्यान्ड मेन्डिलाई रातो कार्ड दीइएको थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ