नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वेस्ट इन्डिजमा आयोजना हुने म्याक्स ६० क्यारेवियन टि टेन लिग नखेल्ने भएका छन् ।
‘भिसा समस्याका कारण रोहित र दीपेन्द्र लिगमा सहभागी हुने छैनन्,” उनीहरुका नेपाली व्यवस्थापक रवि तिमिल्सिना भने,’वेस्ट इन्डिज जाने प्रकृया नमिलेका कारण दुवै जना क्यानडामा नै रहने छन् भने क्यानडामा आगामी महिना हुने विश्वकप लिग २ अन्तर्गतको सिरिजका लागि उनीहरुले त्यही अभ्यास गर्ने र निरन्तर अभ्यासमा नै रहेका दुवै जना केही दिन अघि ग्लोबल टि ट्वान्टी लिगमा आ आफ्नो टिमबाट खेलिरहेका थिए । अहिले लिग सकिएपछि पनि अभ्यास गरिरहेका छन्।’
त्यस्तैगरी भारतमा हुने अभ्यासमा रोहित, दीपेन्द्र सहित सन्दीप लामिछाने पनि रहने छैनन् किनभने सन्दीप पनि क्यानडामा नै छन् ।
