पेरिस ओलम्पिक सम्पन्न हुँदा अमेरिकालाई सबैभन्दा बढी पदक, दोस्रोमा चीन

फ्रान्सको राजधानी पेरिसमा गएको जुलाई २६ देखि सुरु खेलको महाकुम्भ मानिने ओलम्पिक २०२४ आइतबार सकिएको छ । ओलम्पिक समापन समारोह रातको १२ः३० बजे पेरिसको स्टेडियममा आयोजना गरिएको थियो ।

उक्त समारोहमा अमेरिकी आर्टिस्ट बिली इलिश, स्नूप डग र रेड हट चिली पेपर्सले पर्फम गरेका थिए । समारोहमा हलिउड अभिनेता टम क्रुज सामेल थिए ।

समारोहका क्रममा सबै विजेता खेलाडीलाई सम्मान गरिएको थियो । साथै, ओलम्पिकको झन्डा लस एन्जेलसलाई सुम्पिइएको थियो । लस एन्जेलसमा सन् २०२८ को गृष्मकालीन ओलम्पिक आयोजना गरिनेछ ।

पदकको दौडमा अमेरिका अगाडि
पेरिस ओलम्पिकमा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित कुल १२६ पदकका साथ शीर्ष स्थानमा रह्यो । तालिकाको दोस्रो स्थानको चीनले ४० स्वर्ण, २७ रजत र २४ कांस्यपदक जित्यो । २० स्वर्ण, १२ रजत र १३ कांस्यपदकसहित जापान तेस्रो भयो । यसपालिको ओलम्पिकमा करिब ११४ देशलाई कुनै पनि मेडल प्राप्त हुन सकेन ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ