ग्लोबल टी-२० लिगको उपाधि रोहितको टोरन्टोलाई

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल सम्मिलित टोरन्टो नेसनलले ग्लोबल टी-२० लिग २०२४ को उपाधि जितेको छ ।

सोमबार बिहान क्यानाडामा सम्पन्न फाइनल खेलमा टोरन्टोले साविक विजेता मन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
जितका लागि टाइगर्सले दिएको ९७ रनको लक्ष्य टोरन्टोले १५ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । टोरन्टोका लागि एन्ड्रिज गौसले अविजित रहँदै सर्वाधिक ५८ र भान डेर डुसानले ३० रन बनाए ।

बलिङमा टाइगर्सका अजमातुल्लाह उमरजाई र कोर्बिन बोशले समान १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको टाइगर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन बनाएको थियो ।

टाइगर्सका लागि कोर्बिन बोशले सर्वाधिक ३५ र जसकरण सिंह १६ रन जोडेका थिए । टोरन्टोका जेसन बेहरेन्डोर्फले ३, रोमारियो शेफर्डले २ तथा जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्द्रपाल मथारुले १-१ विकेट लिएका थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ