लिग चरणको अन्तिम खेलमा सोमबार नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने आबद्ध भेनकुवर नाईट्सले मोन्ट्रियल टाइगर्सलाई हराउंदै सान्त्वना जित निकालेको छ ।
टाइगर्सले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको भेनकुवरले १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै मोन्ट्रियल टाइगर्समाथि ५ विकेटको जित हात पारेको हो। भेनकुवरको जितमा रिजा हेनरिक्सले सर्वाधिक ३९, कप्तान उस्मान ख्वाजाले ३१, रिचि बेरिङ्टनले १७ र आसिफ अलिले ६ रन जोड्न सफल भए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टाइगर्सले १९.२ ओभरमा अल आउट हुदै मात्र १ सय ९ रन बनाएको थियो भने भेनकुवरको जितमा सन्दीपले ३.२ ओभरमा १४ रन खर्चिएर २ विकेट लिंदा नेपाली अलराउन्डर दीपेन्द्र भने शुन्य रनमा अविजित रहेका थिए ।
