बार्सिलोनाद्वारा रियल पराजित

अमेरिकाको मेटलाइफ रंगशालामा भएको प्रि सिजन मैत्रीपूर्ण खेलमा आइतबार बार्सिलोनाले रियाल म्याड्रिडलाई २-१ ले पराजित गरेको छ।

बार्सिलोनालाई जित दिलाउनका लागि पाउ भिक्टर एक्लैले २ गोल गरेका थिए। खेलको ४२ औं मिनेटमा भिक्टरको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । उनले रोबार्ट लेवान्डोस्कीको पासमा गोल गरेका हुन् ।

त्यस्तैगरि एलेक्स भ्यालको पासलाई सदुपयोग गर्दै ५४ औं मिनेटमा भिक्टरको दोस्रो गोलमा बार्सिलोनाले अग्रता दोब्बर बनायो ।

पाउले ८२ औं मिनेटमा अर्दा गुलरको पासमा गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे पनि रियलले हार बेहोर्नु परेको हो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ