भुटानमा जारी काभा बिच भलिबलमा पुरुषतर्फ नेपालले शुक्रबार लगातार दोस्रो जित हात पारेको छ ।
भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार बिहान भएको पुरुषतर्फको खेलमा नेपालले उज्वेकिस्तानलाई २-० को सेटमा पराजित गरेको हो । मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले उज्वेकिस्तानका मुहामादिएभ र शारिपोभको जोडीलाई २१-१५, २१-१४ ले पराजित गरेको हो ।
