श्रीलंकामाथि नेपालको सानदार जित

काभा महिला भलिबल नेसन्स लिगमा नेपालले श्रीलंकालाई सोझो सेटमा हराउँदै सानदार सुरूवात गरेको हो ।

राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा नेपालले श्रीलंकालाई २५-१९, २५-१८ र २५-१९ को सानदार नतिजामा हराउन सफल भएको हो। आजको खेलबाट मिडल बल्कर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले राष्ट्रिय टिमबाट डेब्यु गरेका हुन्। यसपछि निरन्तर अंक जोडेर नेपालले पहिलो सेटमा श्रीलंकालाई २५-१९ ले आफ्नो पक्षमा पार्यो भने हाइट एडभान्टेज रहेको श्रीलंका दोस्रो सेटमा पनि खेलमा फर्कन सकेन । दोस्रो सेटमा पनि कुनै पनि समय श्रीलंकाले अग्रता बनाउन सकेन भने नेपालले २५-१८ ले दोस्रो सेट जित्दै नेपालले दुई शुन्यको अग्रता बनाएको थियो।

दुई शुन्यले पछि परेको श्रीलंकाले तेस्रो सेटको सुरूवातमा नेपाललाई दबाब दिंदै श्रीलंकाले ७-३ ले अग्रता बनाएको थियो । नेपाल कोशिशमा थियो र खेल १५-१५ को बराबरीमा पुग्यो । सरस्वती चौधरीको सर्भीसमा निरूता ठगुन्नाको स्पाइकमा नेपालले १६-१५ को अग्रता बनायो ।

नेपालले लगातार सात अंक जोडेर खेललाई १९-१५ मा पुर्यायो । सानदार कमब्याक गर्दै नेपालले तेस्रो सेट २५-१९ ले हात पार्ना सफल भयो। प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत भोली दुई खेल हुनेछन् । पहिलो खेलमा इरान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा माल्दिभ्सले भारतको सामना गर्ने भएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ