भारत र श्रीलंकाबिच भएको तीन टी २० म्याचको श्रृंखलामा भारतले श्रीलंकालाई सुपर ओभरमा पराजित गर्दै श्रृंखला ३-० ले जित्न सफल भएको छ।
वर्षाले प्रभावित खेलमा टस हारेर पहिले ब्याटिङ गरेरको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । खराव शुरुवात गरेको भारतको तर्फवाट ओपनर शुभमन गिलले सर्वाधिक ३९ रन त्यस्तै रियान परागले २६ र वासिङ्गटन सुन्दरले २५ रनको योगदान दिएका थिए ।
१३८ रनको लक्ष्य पाएको श्रीलंकाले उत्कृष्ट शुरुवात गरेपनि निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३७ रन बनाउन सफल भएको थियो । १ विकेट गुमाउँदै ११० रन बनाएको श्रीलंकाले अन्तिममा लगातार विकेट गुमाउँदा १३७ रनमै समेटिएको थियो । यसपछि खेल सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको श्रीलंकाले ३ बलमा २ रन बनाउँदा दुवै विकेट गुमाएको थियो । ३ रनको विजय लक्ष्य पाएको भारतको तर्फवाट शुभमन गिलले पहिलो बलमा नै चौका प्रहार गर्दै भारतलाई जित दिलाएका थिए ।
