भारतलाई ८ विकेटले पराजित गर्दै घरेलु टोली श्रीलंकाले पहिलो पटक एसिसी महिला टी-२० एशिया कपको उपाधि जितेको छ ।
रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा जितको लागि भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्न सफल भयो। श्रीलंकका लागि हर्षिता समराविक्रमाले ६९, कप्तान चमारी अथापथुले ६१ र काविशा दिलहरीले अविजित ३० रनको योगदान दिए भने काविशा दिलहरीले २ तथा उदेशिका प्रबोधनी, सचिनी निसन्सला र चमारी अथापथुले १-१ विकेट लिएका थिए ।
