नेपाल बक्सिङ्ग महासंघको आयोजना यहि जुलाई २३ तारिखबाट ललितपुरको सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिषरमा शुरु भएको राष्ट्रव्यापी जुनियर तथा विद्यालयस्तरिय छात्ररछात्रा बक्सिङ्ग प्रतियोगिता सम्पन्न भएको छ ।
३२ वटा जिल्ला एवम् क्लबहरुबाट १४८ जना छात्र तथा छात्राहरु सहभागी बक्सिङ्ग खेलाडीहरुबिच भएको जुनियर तर्फ ४६ के.जी. पुरुषमा बाँके चन्दन शाहीले अछामका रोहित जनलालाई ३–२ अंकको आधारमा पराजित गरे । ४८ के.जी. तौलतर्फ अल्फा बक्सिङ्ग क्लब दाङका कमलले दाङकै लोकेश पुनलाई ४–० अंकको आधारमा पराजित गरि स्वर्ण पदक हात पारे । ५० के.जी. तौल समुहमा फाइट क्लब काठमाण्डौका सेवाङ्ग दोर्जे तामाङले ललितपुरका स्वभाव थापालाई ५–० अंकको आधारमा पराजित गरे । ५२ के.जी. तौल समुहमा भुमि बक्सिङ्ग क्लब चितवनका सरोज तामाङले प्रज्वल खत्रीलाई ३–२ अंकको आधारमा पराजित गरी स्वर्ण हात पारे ।
५७ के.जी. तौल समुहमा अछामका विनोदले भाइव क्लवका मिसन गुरुङ्गलाई ५–० अंकको आधारमा पराजित गरे ।६० के.जी. तौल समुहमा बक्समान्डौका सेरप गेलचेन शेर्पाले सिजन घलेलाई तेस्रो राउन्डमा आर. एस. सि .को आधारमा पराजित गरि प्रथम भए । ६६ के.जी. तौल समुहमा मागी बक्सिङ्ग क्लबका नविनतम खड्काले उदयपुरका रोजन मगरलाई आर. एस. सि .को आधारमा पराजित गरे । ७० के.जी. तौल समुहमा सुनसरीका उत्सव तामाङले आयुष तामाङलाई ५–० अंकले पराजित गरि प्रथम भए ।
७० के.जी. भन्दा माथिको तौल समुहमा रिजोन रुम्वाले दमकका ग्याल्वु आङदेम्बेलाई ५–० अंकको आधारमा पराजित गरि स्वर्ण पदक प्राप्त गरे । समापन समारोहमा नेपाल बक्सिङ्ग महासंघका अध्यक्ष राम अवाले अन्तराष्ट्रिय विद्यालय खेलकुद संघका सदस्य राज कुमार कार्की लगायतले विजयी खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

