फ्रान्समा जारी पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा अर्जेन्टिनाले पहिलो जित हासिल गरेको छ ।
शनिबार राति भएको समूह चरणको दोश्रो खेलमा अर्जेन्टिनाले इराकलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । खेलको १४ औं मिनेटमा थियागो अल्माडाले पहिलो गोल गरेका थिए भने ६२ औं मिनेटमा लुसियानो गोनडोउले गोल गर्दै अर्जेन्टिनालाई २-१ को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८५ औं मिनेटमा इजेक्वेल फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३-१ गोल अन्तरले जित दिलाएका थिए ।
दोश्रो खेलबाट पहिलो जित हासिल गरेसँगै अर्जेन्टिनाले नकआउट चरणको सम्भावना कायम राखेको छ । अब अर्जेन्टिनाको समूहचरणको तेश्रो तथा अन्तिम खेल युक्रेनसँग खेल्नेछ।
