प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासङ्घको संयुक्त आयोजना सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरुष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को उद्घाटन गर्नुभएको हो ।
प्रतियोगितामा देशभरका २५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले दिवङ्गत प्रकाश दाहालको सम्झनामा सुरु गरिएको प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताउनुभयो ।
उहाँले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुहुँदै यस प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
