गण्डकीका विश्वास र बागमतीकी जेनिशा सर्वोत्कृष्ट

गण्डकी प्रदेशका विश्वास अधिकारी र बागमती प्रदेशकी जेनिशा विश्वकर्मा प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

गण्डकीको सिनियर टोलीबाट पनि प्रतिनिधित्व गरिसकेका मिडल ब्लकर विश्वासले टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । उनले नै यस च्याम्पियनसिपको टोलीको कप्तानी सम्हालेका थिए । समूह चरणमा लुम्बिनीसँग सोझो सेटमा भोगेको हारमा बाहेक अन्य खेलमा उनको प्रदर्शन सानदार रहेको थियो । अझ फाइनलमा उनले सानदार प्रदर्शन गरेका थिए ।

यता, महिलामा सर्वोत्कृष्ट बनेकी जेनिशाले टोलीलाई अपराजित रहँदै च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरिन् । ओपन स्पाइकर जेनिशा काठमाडौं नैकापमा रहेको न्यु डायमण्ड एकेडेमी (न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब) की उत्पादन हुन् । उनले सोही क्लबबाट करिव एक वर्षअघिबाट सिनियर टोलीमा खेल्दै आएकी छिन् ।

सर्वोत्कृष्ट बनेका उनीहरुले २५ हजार रुपैयाँसँगै ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । महिलामा बागमतीकी सलिना बुढामगर स्पाइकर, भावना तामाङ सेटर, लुम्बिनीकी निशा चौधरी ब्लकर, गण्डकीकी सोइङ थापा सर्भर र बागमतीकी एन्जिला प्रधान उत्कृष्ट लिवेरो चुनिएका छन् ।

प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको

महिलातर्फ
सर्वाेत्कृष्ट – जेनिशा विश्वकर्मा (बागमती)
स्पाइकर – सलिना बुढामगर (बागमती)
सेटर – भावना तामाङ (बागमती)
सर्भर – सोइङ थापा (गण्डकी)
ब्लकर – निशा चौधरी (लुम्विनी)
लिवेरो – एन्जिला प्रधान (बागमती)

पुरुषतर्फ
सर्वाेत्कृष्ट – विश्वास अधिकारी (गण्डकी)
स्पाइकर – सागर रसाइली (लुम्बिनी)
सेटर – दिपेश कुँवर (लुम्बिनी)
सर्भर – सुर्य बिक (गण्डकी)
ब्लकर – अर्जुन नेपाली (सुदुरपश्चिम)
लिवेरो – जित बहादुर सार्की (गण्डकी)

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ