जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ ।
१८ औं मिनेटमा जर्जियाको काउन्टर अट्याकमा आएको क्रस क्लियर गर्न खोज्दा ले नोर्मान्डले आफ्नै पोस्टमा गोल गरेका थिए । त्यसपछि स्पेनले लगातार पोस्टमा आक्रमण गरेपनि खेल बराबर गर्न भने ३९ औं मिनेट कुर्नुपर्यो । पेनाल्टी क्षेत्र बाहिरबाट रोड्रीले गोल गरेपछि स्पेन खेलमा फर्कियो ।
लामिन यामालले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पासमा रुइजले ६ यार्ड बक्स भित्रबाट हेडर गोल गर्दै दोस्रो हाफको ५१ औं मिनेटमा स्पेनलाई अघि बढाएका थिए। सोमबार हुने क्वाटरफाइनलमा स्पेनले जर्मनीको सामना गर्नु पर्ने छ।
