मनिताले पेरिस ओलम्पिक खेल्ने

जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक २०२४ खेल्ने पक्का भएको छ।

मनिताले वाईल्ड कार्डमार्फत ओलम्पिक खेल्ने पक्का भएको नेपाल ओलम्पिक कमिटी(एनओसी) ले जनाएको छ। मनिता १२ औं दक्षिण एसियाली खेलकुद ( साग) की रजत विजेता विजेता खेलाडी हुन्। उनले ५७ केजीमुनिमा ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछिन् । योसँगै यसपटक पेरिस ओलम्पिकमा भाग लिने नेपाली खेलाडीको संख्या ७ पुगेको छ । टेबल टेनिसका स्यान्टु श्रेष्ठ ओलम्पिकका लागि छनोट भएका थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ