क्रोएसिया समूह चरणबाटै बाहिरीयो, इटाली र स्पेन अन्तिम १६ मा

क्रोएसिया जारी युरोकप फुटबल २०२४ को समूह चरणबाट नै बाहिरीएको छ । जर्मनीको रेड बुल एरिना स्टेडियममा सोमबार राति सम्पन्न खेलमा इटालीसँग १-१ गोलको बराबरीमा रोकिएसँगै क्रोएसिया युरोकपबाट बाहिरीएको हो ।

अन्तिम १६ मा पुग्नका लागि इटालीलाई हराउनै पर्ने खेलमा अन्तिम समयमा गोल खादै बराबरीमा रोकिएपछि क्रेएसिया समूह चरणबाट नै बाहिरीन बाध्य भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा कप्तान लुका मोड्रिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । त्यसको २ मिनेटअघि मोड्रिच पेनाल्टीमा गोल गर्न चुकेका थिए भने उनको प्रहार इटालिका गोलकपिरले सहजै बचाएका थिए ।

जिततर्फ उन्मुख क्रोएसियाले आफ्नो अग्रतालाई खेलको अन्तिम समयसम्म कायम राख्न सकेन । खेलको इन्जुरी समयको ८ औं मिनेटमा माटिअ जाकाग्निले गोल गर्दै इटालीलाई हारबाट जोगाए ।

यो बराबरीसँगै क्रोएसिया ३ खेलबाट २ अंक जोड्दै समूह बी को तेश्रो स्थानमा रहँदै बाहिरीयो । यता अन्तिम समयमा गोल गर्दै क्रोएसियालाई बराबरीमा रोक्न सफल साविक विजेता इटाली भने समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगेको छ ।

सोमबार राति नै भएको समूह बी कै अर्को खेलमा अल्बानियालाई १-० ले हराउँदै स्पेन समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । स्पेनलाई जित दिलाउन फरान टोरेसले १३ औं मिनेटमा गोल गरेका थिए।

समूह चरणको तीनै खेल जितेको स्पेनले ९ अंक जोड्यो । यता पराजित अल्बानिया समान खेलमा १ अंकका साथ समूहको अन्तिममा रहेर बाहिरीयो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ