दक्षिण अफ्रिका टि२० विश्वकपको फाइनलमा

  एकपक्षीय सेमिफाइनलमा अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका आइसीसी टि२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

ट्रीनिडाडमा बुधबार सम्पन्न सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले उपाधि भिडन्तमा स्थान पक्का गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले खराब प्रदर्शन गर्दै जम्मा ५६ रनमै अलआउट हुन पुगेको थियो ।

अफगानिस्तानका लागि अज्मतुल्लाह ओमारजाइले सर्वाधिक १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो स्कोरमा रन जोड्न सकेनन् । पहिलो ओभरमा मार्को यान्सनले रहमनुल्लाह गुर्बाजको विकेट लिँदै दक्षिण अफ्रिकालाई उत्कृष्ट सुरुवात दिलाएका थिए । समग्रमा दक्षिण अफ्रिकाका लागि यान्सन र तबरेज साम्सीले ३-३ तथा कागीसो रबाडा र एन्रिक नोर्कियाले २-२ विकेट लिएका हुन् ।

त्यस्तैगरि दोस्रो ओभरमा क्विन्टन डी ककलाई गुमाएपनि रिजा हेन्डरिक्स र कप्तान एडन मारक्रमले नवौं ओभरमा लक्ष्य पूरा गर्दै जित आफ्नो पक्षमा परेका थिए।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ