काठमाडौं असोज २५ गते ।
काठमाडौँ – यल स्पोट्र्स एकेडेमीको आयोजनामा पहिलो संस्करणको दशैं टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । ग्वार्को स्थित यल स्पोट्र्स एकेडेमीको नवनिर्मित प्रशिक्षण हलमा आज असोज २४ गते शनिवार पुरुष तर्फ ३०+, ४० + ५० + र ६० + गरि कुल ४ विधामा प्रतिस्पर्धा भएको थियो ।
३० + विधामा एपिएफ बिलाश श्रेष्ठ प्रथम हुन सफल हुनु भयो । उनले एपिएफकै राजिव चिकंबन्जारलाई फाइनलमा पराजित गर्नु भयो । त्यसैगरी खोल्चा पोखरीका योगेन्द्र महर्जन एभिएमका सलिम ताम्राकारले तेस्रो हुदै कांस्य पदक हात पर्नु भयो ।
त्यसै गरि आजै भएको ४०+ विधाको खेलमा राजकुमार खड्गीलाई हराउँदै बिमल राज घिमिरेले स्वर्ण पदक सुरक्षित गर्नु भयो भने राजकुमार रजत पदकमै सीमित रहनु भयो । सोही विधामा एभिएमका अशोक महर्जन र किर्तिपुरका दिलोन श्रेष्ठले तेस्रो स्थान हासिल गर्नु भयो ।
५० + विधामा एभिएमका जय राम महर्जन विजय हुनु भयो भने उनी सँग पराजित हुँदै सङ्घ रत्न डङ्गोल दोस्रो स्थानमै सीमित रहनु भयो । भक्तपुरका सुबोध जोंछे र बनेपाका मध्यश मकै तेस्रो हुनु भयो ।
६० + मा खोल्चा पोखरीका प्रकाश धाख्वाले स्वर्ण पदक जित्नु भयो भने किर्तिपुरका रबिन्द्र महर्जन रजत पदकमै सीमित रहनु भयो । मनोहरि थापा र एभिएममा सुदर्शन प्रसाद गौतम कांस्य पदक हात पर्न सफल हुनु भयो ।
राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठको प्रमुख अतिथित्वमा समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रम भएको थियो । साथै ललितपुर महानगरपालिका वडा नं. १७ का अध्यक्ष विनोद महर्जन, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका सचिव शिव सुन्दर गोठे, सञ्जय अर्याल लगायतका व्यक्तित्वहरू अतिथिको रुपमा उपस्थित थिए ।
