लुम्बिनी लायन्सको कन्स्ट्रक्सन पार्टनरमा पञ्चकन्या ग्रुप, तेस्रो सिजनको एनपिएलका लागि भयो सम्झौता

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले तेस्रो सिजनका लागि पञ्चकन्या ग्रुपसँग व्यावसायिक सम्झौता गरेको छ। यस सम्झौतासँगै साविक विजेता लुम्बिनी लायन्सको आधिकारिक ‘कन्स्ट्रक्सन पार्टनर’ को रूपमा पञ्चकन्या ग्रुप रहने भएको छ।

सम्झौता पत्रमा लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवाल र पञ्चकन्या ग्रुपका निर्देशक आशिक श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार अब लुम्बिनी लायन्सका खेलाडीहरूले मैदानमा लगाउने हेलमेटमा पञ्चकन्याको लोगो रहनेछ।

क्रिकेटमा पञ्चकन्याको पुनरागमन

यस साझेदारीसँगै पञ्चकन्या ग्रुपले नेपाली क्रिकेटमा पुनरागमन गरेको छ। कार्यक्रममा बोल्दै निर्देशक आशिक श्रेष्ठले २०१४ देखि २०१६ सम्म ‘पञ्चकन्या तेज’ को रूपमा विभिन्न फ्रेन्चाइज खेलेको र उपाधि समेत जितेको स्मरण गरे। भैरहवामा फ्याक्ट्री रहेको र आफ्नो जरा पनि त्यहीँ जोडिएको कारण पहिलो रोजाइमा लुम्बिनी लायन्स परेको उनले बताए।

लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले पञ्चकन्या जस्तो नेपालको अग्रणी कम्पनीलाई नेपाली क्रिकेटमा पुन: स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै यस साझेदारीले टोलीको एनपिएल यात्रालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

बलियो टोलीसहित मैदानमा उत्रिने लुम्बिनी लायन्स

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख ब्याटर रोहित पौडेलको कप्तानीमा लुम्बिनी लायन्स एनपिएलको तेस्रो सिजनमा प्रतिस्पर्धा गर्नेछ। टोलीमा अस्ट्रेलियाका ओपनिङ ब्याटर डी’आरी शर्ट, नामिबियाका तीव्र गतिका बलर रुबेन ट्रम्पलमन र श्रीलंकाका विकेटकिपर निरोशन डिकवेला लगायतका चर्चित विदेशी खेलाडीहरू समेत आबद्ध रहेका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ