लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेसनल युथ ट्रेनिङ क्याम्प आइतबारदेखि सुरु भएको छ ।
क्याम्पमा बिगिनर्स, इन्टरमिडियट, राष्ट्रिय सिनियर र जुनियर गरी ५५ खेलाडी सहभागी छन् । सहभागीलाई स्विट्जरल्यान्डका राष्ट्रिय टेबलटेनिस टोलीका प्रशिक्षक पावेल रेहोरेकले प्रशिक्षण दिइरहेका छन् । उनलाई टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकला, पुरुषोत्तम वज्रचार्य र राकेश महर्जनले सहयोग गरिरहेका छन् ।
दुईदिने क्याम्प सोमबार सम्पन्न हुनेछ । क्याम्पपछि नेसनल युथ च्याम्पियनसिप मंगलबारदेखि सुरु हुनेछ ।
