ग्यालाक कम्ब्याट सिरिज’ हुँदै, नेपाल–भारतका २६ फाइटर भिड्ने

काठमाडौं असोज १६ गते ।
Circle X को आयोजना तथा Max Tiger Energy Drink को मुख्य प्रायोजनमा ‘ग्यालाक कम्ब्याट सिरिज’ (Galak Combat Series) आयोजना हुने भएको छ। नेपाल र भारतका फाइटरहरूलाई एउटै रिङमा उतार्दै एमएमए र मुआथाईबीचको प्रतिस्पर्धात्मक भिडन्त प्रस्तुत गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो।

आयोजकका अनुसार आगामी अक्टोबर ४ अर्थात् असोज १८ गते काठमाडौँस्थित NOVA मा प्रतियोगिता आयोजना हुनेछ। प्रतियोगितामा नेपाल र भारतका गरी कुल २६ जना फाइटर सहभागी हुनेछन्। उनीहरूबीच एमएमए र मुआथाई (MMA vs Muay Thai) अन्तर्गत विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ।

दिउँसो १ बजेदेखि सुरु हुने प्रतियोगितामा कुल १८ वटा भिडन्त हुने आयोजकले जनाएको छ। नेपाल र भारतका फाइटरहरूबीच हुने रिङ भिडन्तमार्फत दुवै देशका खेलाडीको क्षमता, कौशल र प्रतिस्पर्धात्मक प्रदर्शन प्रस्तुत हुने अपेक्षा गरिएको छ।

कम्ब्याट खेलप्रति रुचि राख्ने दर्शकलाई लक्षित गर्दै आयोजना गर्न लागिएको उक्त सिरिजमा खेलसँगै मनोरञ्जनलाई समेत प्राथमिकता दिइएको आयोजकले जनाएको छ। प्रतियोगिताका क्रममा चर्चित कलाकार व्योमा (VYOMA) को विशेष सांगीतिक प्रस्तुति समेत रहनेछ। यसले रिङमा हुने प्रतिस्पर्धासँगै दर्शकलाई थप मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।

नेपाल र भारतका फाइटरहरूबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएकाले ‘ग्यालाक कम्ब्याट सिरिज’लाई दुई देशका कम्ब्याट खेलाडीबीचको प्रतिभा र कौशल प्रदर्शन गर्ने अवसरका रूपमा समेत हेरिएको छ। प्रतियोगितामार्फत नेपालमा एमएमए तथा मुआथाईजस्ता कम्ब्याट खेलप्रतिको आकर्षण बढाउने र खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धाको अनुभव दिलाउने अवसर सिर्जना हुने आयोजकको भनाइ छ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण काष्ठमण्डप Gold HD बाट गरिनेछ। कार्यक्रमस्थलमा उपस्थित भएर प्रत्यक्ष भिडन्त हेर्न चाहने दर्शकका लागि टिकट बिक्रीको व्यवस्था समेत गरिएको छ। इच्छुक दर्शकले eSewa तथा eticketnepal मार्फत अनलाइन टिकट खरिद गर्न सक्नेछन्।

त्यसैगरी, प्रतियोगितामा समूहगत रूपमा सहभागी हुने वा विशेष रूपमा टेबल बुकिङ गर्न चाहने दर्शकका लागि ९८०५६७३६१२ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

काठमाडौँमा आयोजना हुन लागेको यस प्रतियोगिताले नेपाल र भारतका कम्ब्याट खेलाडीलाई प्रतिस्पर्धाको एउटै मञ्चमा ल्याउनुका साथै नेपाली दर्शकलाई एमएमए र मुआथाईको प्रत्यक्ष रोमाञ्चक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ