मुवाथाई ‘फ्युजन फाइट च्याप्टर–१’ असोज २४ गते

काठमाडौं असोज ८ गते ।
नेपालमा व्यावसायिक कम्ब्याट स्पोट्र्स अर्थात् मार्सल आट्र्सलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यसहित मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर–१’ आयोजना हुने भएको छ।
फ्युजन फाइटको आयोजनामा आगामी अक्टोबर १० अर्थात् असोज २४ गते काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) मा आयोजना हुने बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ। प्रतियोगितामा मुवाथाईका नियमअनुसार कुल ११ वटा रोमाञ्चक भिडन्त हुनेछन्। प्रतियोगितामा नेपालका २२ जना उत्कृष्ट खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको मुख्य आकर्षणका रूपमा सुष्मा चौधरी र रजिना विष्टबीचको भिडन्तलाई लिइएको छ। सुष्मा र रजिनाको यो अगाडी २ चोटि भिडन्त भैसकेको छ र दुवैले एक–एक चोटि जितेका छन्।

मुवाथाई थाइल्यान्डमा विकसित भएको प्रख्यात युद्धकला तथा कम्ब्याट स्पोट्र्स हो। यसमा मुक्का, कुहिनो, घुँडा र खुट्टाको प्रहार प्रयोग गरिन्छ। पछिल्लो समय नेपालमा पनि मुवाथाईप्रति खेलाडी तथा दर्शकको आकर्षण बढ्दै गएको छ।
मुख्य स्पर्धामा विजेताले एक लाख तथा उपविजेता ५० हजार पाउने आयोजकले जनाएको छ। जसमा सुष्मा र रजिनाको खेल रहेको छ।
यस्तै, मुख्य स्पर्धा बाहेक प्रतिस्पर्धाहरु प्रतिस्पर्धात्मक रहेको छन्। जसमा १३ बर्षका पुष्कर मल्लले १६ बर्षका सम्योक राईसँग भिड्नेछन्। १३ बर्षका भएका भए पनि ५ वटा फाइट खेलेका छन्। जसमा ४ मा जित हासिल गरेका छन्।
यस साथै प्रशान्त तामाङ (१६–७) कर्ण बहादुर मगराती (७–३) सँग भिड्ने छन् भने भोला कुमार राई (६–०) पेम्बा छिरी शेर्पा सँग भिड्ने छन्। एल्लेन थकाली (३–२) को प्रतिस्पर्धा अब्राम राई (१५–२) सँग छ भने मोसेस कुमाल (३–२) गौतम थिङ (६–२) सँग खेल्ने छन्।
धर्मेन्द्र राम (८–०) को फाइट सुमन याक्खा (०–२) विरुद्ध छ भने आशिक कोलि (२–०) जितेन्द्र राई (३–६) सँग खेल्दै छन्। विशाल लामा (५–१) योमन मोक्तान (५–३) सँग र कुशल तामाङ (४–१) मन्दिप क्षेत्री (३–०) सँग भिड्नेछन्। सुरज सिंह ठकुरी (४–३) सोहन थापा (३–२) सँग खेल्नेछन्।
आयोजकले विगतका कम्ब्याट स्पोट्र्स प्रतियोगिताभन्दा ‘फ्युजन फाइट च्याप्टर–१’ लाई अझ व्यावसायिक र व्यवस्थित रूपमा प्रस्तुत गर्ने जनाएको छ । प्रतियोगिताका लागि एलओडीमा विशेष रिङ तथा प्रकाश व्यवस्थासहित उच्चस्तरीय उत्पादनको तयारी गरिएको आयोजकको भनाइ छ।
प्रतियोगितालाई दर्शकले प्रत्यक्ष रूपमा कान्तिपुर म्याक्स एचडी र डिजिटल ओटीटी प्लेटफर्म म्याक्स अनमार्फत हेर्न सक्नेछन्। त्यस्तै, कार्यक्रमस्थलमै पुगेर प्रतियोगिता हेर्न चाहने दर्शकले इसेवामार्फत टिकट खरिद गर्न सक्नेछन्।
आयोजकले ‘फ्युजन फाइट च्याप्टर–१’लाई नेपालमा व्यावसायिक कम्ब्याट स्पोट्र्सको विकास र विस्तारका लागि महत्त्वपूर्ण कार्यक्रमका रूपमा अघि बढाउन लागेको जनाएको छ। प्रतियोगितामार्फत नेपाली खेलाडीलाई उच्चस्तरीय मञ्च प्रदान गर्नुका साथै मुवाथाई खेललाई थप लोकप्रिय बनाउने लक्ष्य राखिएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ