
काठमाडौ। काठमाडौं महानगरपालिका १० ले आयोजना गर्ने दोसञे केएमसी १० वडा नेसनल ओपन फिडे ¥यापिड चेस च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।
यही १०–११ असोजमा हुने चेस १० वडा कार्यालय रहेको सहभागिता मार्गमा आयोजना हुनेछ। फिडेको नियमअनुसार स्विस लिग प्रणालीमा ९ चरणसम्म चल्ने प्रतियोगिताका निर्देशक इन्द्रकुमार बस्नेतले जानकारी गराए। उनका अनुसार प्रतियोगितामा २ सयभन्दा बढी प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन् ।
कुल २ लाख ५२ हजार ७ सय ५० रुपैयाँ रहेको प्रतियोगिता विजेताले २६ हजार २५० रुपैया पुरस्कार पाउनेछन् । दोस्रोले २२ हजार ५ सय, तेस्रोले १८ हजार, चौथोले ११ हजार २५० रुपैया“ पुरस्कार पाउनेछन्।
पाँचौंदेखि २० औं स्थानसम्म आउनेले पनि नगद पुरस्कार पाउनेछन्। त्यस्तै विधागततर्फ महिला, अनरेटेड, भेट्रान ५५ वर्षमाथि, यू–१४, यू–१२, १९०० रेटिङमुनि, स्थानीय १० वडातर्फका विजेतालाई पनि पुरस्कृत गरिनेछ। प्रतियोगिताको मुख्य आर्बिटरको रुपमा ज्ञानेन्द्र खाइजु रहेका छन् ।