जर्मनीमा जारी युरो कप २०२४ मा सोमबार फ्रान्सले अस्ट्रियालाई १-० ले हराएको छ।
म्याक्सिमिलेन वेबरले ३८ औं मिनेटमा गरेको आत्मघाती गोल कै कारण फ्रान्स बिजयी भएको हो। खेलका दौरान विपक्षी खेलाडीसँग ठोक्किएको कारण ९० औं मिनेटमा नाकमा चोट लागेपछि एमबाप्पेलाई अस्पताल लगिएको थियो। एमबाप्पेलाई अस्पतालले नाकको शल्यक्रिया गर्नु पर्ने बताइएको छ।
