टी २० विश्वकपबाट बाहिरियो नेपाल

आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपाल बाहिरिएको छ ।

१०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा अल आउट भएको हो । नेपालका कुशल मल्लले ४० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २ चौका र १ छक्कासहित २५ रन बनाएर आउट भए भने ओपनर आसिफ शेखले १४ बलमा ४ चौकासहित १७, कुशल भुर्तेल ४, अनिल साह शून्य, रोहित पौडेल र सन्दीप जोरा समान १ रनमा आउट भएका थिए। एक समय नेपाल ७ ओभरमा २६-५ को अवस्थामा पुगेको थियो । दीपेन्द्र र कुशल मल्लले छैटौं विकेटका लागि ५८ बलमा ५२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

नेपाललाई अन्तिम १२ बलमा जितको लागि २२ रन चाहिँएको थियो तर १९ औं ओभरमा दीपेन्द्र आउट भएसंगै खेल निराशाजनक हुदै गएको थियो। त्यस्तैगरी लगातार गुलशन झा, सोमपाल कामी र अभिनाश बोहरा शून्यमा आउट भएसंगै नेपालले नमिठो हार बेहोर्नु परेको थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ