युवा तथा खेलकुद मन्त्रालयले अन्तरास्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई आइतबार सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
सम्भबत आज सम्मकै ठुलो नगत पुरस्कार राशि २ करोड, ९७ लाख, १० हजार रुपैयाँ तथा सम्मान पत्र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले विभिन्न विधाका खेलाडीहरुलाई प्रदान गरेका छन्।

एसियाली खेलकुदमा रजत पदक विजेता एरिका गुरुङलाई १९ लाख ५० हजार रुपैयाँसहित सम्मानित गरिएको छ । त्यस्तै, पारा एसियाली खेलकुदमा कांस्य पद जित्ने पलेसा गोवर्द्धनलाई १३ लाख रुपैयाँ त्यस्तैगरी एसियाली खेलकुदमा कांस्य जित्ने महिला कबड्डी टोलीका प्रत्येक खेलाडीलाई ३ लाख ९० हजार गरी कूल ५२ लाख रुपैयाँसहित सम्मानित गरिएको थियो ।
त्यस्तैगरी टी–२० विश्वकपमा छनोट गराउने नेपाली क्रिकेट टोलीका प्रत्येक सदस्यलाई १३ लाख रुपैयाँ प्रदान गर्दा नेपाली क्रिकेट टोलीलाई कूल २ करोड ४ लाख ७५ हजार रुपैयाँ प्रदान गरिएको छ ।