संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप


काठमाडौं भदौ २६ गते ।
संस्कृति इन्टरनेसनल स्कुल, निस्ट र डाफोडिलले प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । संस्कृति सिनियर ब्वाइज, निस्ट सिनियर गल्र्स र डाफोडिल जुनियर ब्वाइजमा पहिलो भए ।
बूढानीलकण्ठस्थित आयोजक इम्पेरियल वल्र्ड स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा संस्कृतिले निस्टलाई ६२–२९ ले पराजित ग¥यो । संस्कृतिका अभिग्न श्रेष्ठले १९ अंक जोडे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा निस्टले काष्ठमण्ड विद्यालयलाई २८–२४ ले हरायो । निस्टकी श्रृतु रिसाल र मानस्वी विष्टले समान ८–८ स्कोर गरे ।
जुनियर ब्वाइजको रोमाञ्चक फाइनलमा डाफोडिलले प्रिमियर इन्टरनेसनललाई २८–२७ को झीनोअन्तरले पाखा लगायो । डाफोडिलका पेम्बाले १७ अंक बटुले । खेल सकिन ३ सकेन्ड मात्र बाँकी छँदा डाफोडिल समग्रमा २ अंकले पछि थियो । त्यही बेला पेम्बाले ३ स्कोर गर्दै डाफोडिललाई समग्रमा १ अंकको अन्तरले जिताए ।
सिनियर ब्वाइजमा संस्कृतिका अभिग्न श्रेष्ठ, सिनियर गल्र्समा निस्टकी मानस्वी विष्ट र जुनियर ब्वाइजमा डाफोडिलका पेम्बा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । अभिग्न सर्वाधिक स्कोरकर्ता र पेम्बा उत्कृष्ट ‘थ्री प्वाइन्टर’ पनि चुनिए । सिनियर ब्वाइजमा निस्टका समिन डि कार्की तथा सिनियर गल्र्समा निस्टकी श्रृतु रिसाल उत्कृष्ट ‘थ्री प्वाइन्टर’ ठहरिए । सिनियर गल्र्समा काष्ठमण्डपकी आराध्या ओझा तथा जुनियर ब्वाइजमा प्रिमियरका अदिश प्रधानाङ्ग सर्वाधिक स्कोरकर्ता भए ।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, इम्पेरियलका अध्यक्ष कुमार कार्की र प्रिन्सिपल जुनिता कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ १५ गतेदेखि सुरु प्रतियोगिताको तीनै विधा समान ८–८ टिमले प्रतिस्पर्धा गरेको इम्पेरियलका स्टुडेन्ट्स इन्रिचमेन्ट को–ओर्डिनेटर रविन सुवेदीले जनाएका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ