डब्लुटीटीमा प्राज्नाको उत्कृष्ट प्रदर्शन

काठमाडौं,भदौ २६ गते ।
थाइल्यान्ड टेबल टेनिस संघको आयोजनामा थाइल्यान्डको बैंककस्थित फेसन आइल्यान्डमा यही सेप्टेम्बर ९ देखि १२, २०२६ सम्म सञ्चालन भइरहेको डब्लुटीटी युथ कन्टेन्डर बैंककको यू–१३ गल्र्स सिंगल्समा नेपालकी प्राज्ना महर्जनले श्रीलंकाकी खेलाडी छेनुली कसन्यालाई ३–० को सोझो सेटमा पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेकी छन् । प्रज्ञाले उक्त खेल ११–७, १३–११ र ११–८ ले जितिन् । प्राज्नाले नकआउट चरणमा चिनियाँ ताइपेइकी चेन पिन हानविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् ।
यसअघि आजै सम्पन्न यू–१३ महिला एकलको लिग चरणको अर्को खेलमा प्राज्ना जापानकी नोनोका सुजुकी सँग ६–११, ६–११ र १–११ ले पराजित भएकी थिइन् ।
त्यस्तै, नेपालकी अर्की खेलाडी आभा प्रधानले यू–१३ गल्र्स सिंगल्समा फिलिपिन्स र थाइल्यान्डका खेलाडीसंग समान ०–३ को सेटमा पराजय व्यहोरेकी छन् ।
यू–१७ ब्वाइज सिंगल्समा नेपालका सुगम पौडेलले भारतका खेलाडीसंग ०–३ को सेटमा पराजय व्यहोरेका छन् ।नेपालकै अर्का खेलाडी नीरव महर्जनले पनि यू–१७ ब्वाइज सिंगल्समा उज्बेकिस्तानका खेलाडीसंग ०–३ को सेटमा पराजय व्यहोरेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ