सिधै सुपर-८ मा अष्ट्रेलिया

आईसीसी टी-२० विश्वकप २०२४ मा नामिबियालाई ९ विकेटले हराउँदै अष्ट्रेलियाले लगातार तेस्रो जित हात पार्न सफल भएको छ। लगातार तेस्रो जित पछि समूह बी मा अष्ट्रेलिया शीर्ष स्थानमा रहँदै एक खेल अगावै सुपर-८ मा परेको हो।

७३ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । ट्रविस हेडले १७ बलमा ५ चौका र २ छक्कासहित ३४ रनमा बनाए भने डेविड वार्नर ८ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए । त्यस्तैगरि मिचेल मार्शले ९ बलमा ३ चौका र १ छक्कासहित १८ रन जोड्दा डेविड विजाले १ विकेट लिन सफल बनेका थिए ।

अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले ४ ओभरमा १२ रन जोड्दै ४ विकेट लिएका थिए । जोश हेजलवुड र मार्कस स्टोइनिसले २–२ विकेट लिंदा प्याट कमिन्स र नाथन एलिसले १-१ विकेट लिएका थिए । ओमानलाई ३९ र इंग्ल्यान्डलाई ३६ रनले हराएको अष्ट्रेलिया ३ खेलमा ६ अंकका साथ समूह बी को शीर्षस्थानमा पर्न सफल भएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ