नेपाल र श्रीलंकाले बाँडे १-१ अंक

आइसीसी टि२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको समूह डी को खेल वर्षाको कारण रद्द भएपछि दुवै टोलीले १-१ अंक बाँडेका छन् ।

फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा विहानदेखि निरन्तर वर्षाका कारण मैदान भिजेको थियो । बेलुकी ७:३० बजे तिर वर्षा रोकिएपनि मैदानको अवस्था नाजुक भएकोले खेल हुन नसके पछि नेपालले २ खेलमा १ अंक पाएको छ।

यस समूहमा दक्षिण अफ्रीका ३ खेलमा ६ अंकका आठ सुपर ८ प्रवेश गरिसकेको छ । बंगलादेश र नेदरल्यान्ड्सको २ खेलमा २-२ अंक छ । ३ खेलमा १ अंक जोडेको श्रीलंका भने प्रतियोगिताबाट लगभग बाहिरिएको छ । नेपालले भने शुक्रबार दक्षिण अफ्रीका र आइतबार बंगलादेशसंग भिड्नु पर्ने छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ