मुम्बई क्रिकेट संघका अध्यक्ष अमोल कालेको हृदयघातका कारण अमेरिकामा निधन भएको छ ।
अमोल काले भारत र पाकिस्तान बिरुद्धको खेल हेर्न सचिव अजिङ्क्य नाइक, सदस्य सुरज सामत र अन्य एमसीएका पदाधिकारी सहित नासाउ काउन्ट्री क्रिकेट स्टेडियम पुगेका थिए । तर जारी टी २० विश्वकप सकिए लगत्तै कालेलाई हृदयघात भएपछि निधन भएको थियो ।
