आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् ।
यसअघी अमेरिकाले भिसा दिन अस्वीकार गर्दा सन्दीपले गत जुन ४ मा अमेरिकाको डलासमा भएको नेदरल्यान्ड्सविरूद्धको खेल गुमाएका थिए भने जुन ११ मा अमेरिकाकै लाउडरहिलमा श्रीलंकाविरुद्धको खेल गुमाउँदैछन्।
सन्दीप वेस्ट इन्डिजको सेन्ट भिसेन्ट पुगिसकेका छन् । सेन्ट भिसेन्टको राष्ट्रिय सुरक्षा मन्त्रालयका अनुसार टी-२० विश्वकप अवधिभरका लागि नेपालीका लागि भिसा लिन नपर्ने व्यवस्था गरिएको छ।
