पाँचौ व्हिलचियर प्रतियोगिता सम्पन्न

नेपाल पारालाम्पिकको आयोजना तथा एनसेलको प्रायोजनमा पाँचौ व्हिलचियर दौड प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगिताको उद्घाटन काठमान्डौस्थित भृकुटी मण्डलमा भएको हो भने सुरुवात पनि भृकुटी मण्डपबाटै गरिएको थियो। पांच किलोमिटरको दौडमा एक सय पचास खेलाडीहरुको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन समारोहमा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बिराज भक्त श्रेष्ठ आउने कुरा भएपनि कार्य व्यस्तताको कारण आउन नसके पछि मन्त्रीले आफ्नो शुभ कामना संदेश पठाउनु भएको र उक्त शुभ कामना संदेश वाचन गरेर सुनाइएको थियो।

भृकुटी मण्डपबाट शुरु भएको पांच किलोमिटर दौड बिर हस्पिटल जमल र घन्टाघर हुँदै पुन भृकुटी मण्डपमै आएर सकिएको थियो। सम्पन्न प्रतियोगितामा पुरुस तर्फको उपाधि रमेश खत्रीले जिते भने रामकाजी मिजार दोस्रो र दान बहादुर थिनले तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए।

त्यस्तैगरि महिला तर्फको उपाधि इश्वरी कुमार कुमालले हात पार्दा रजनी राई दोस्रो र यमी झाक्री मगर तेस्रो भएका थिए। प्रतियोगिताका महिला र पुरुस दुवै तर्फका खेलाडीहरुलाई प्रथम पुरस्कार समान १५ हजार, दोस्रो हुनेहरुलाई समान १० हजार र तेस्रो भएकाहरुलाई समान ५ हजार नगद पुरस्कार वितरण गरिएको थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ