ष्पलाल स्मृति ब्याडमिन्टनमा नङसलदेवी–रिहाना क्वाटरफाइनलमा

काठमाडौं,साउन ३० गते।
सिटिजन्स बैंककी नङसलदेवी तामाङ र एपीएफकी रिहाना शेरचनको जोडी लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

यल स्पोर्ट्स एकेडेमीको कभर्डहलमा बिहीबार भएको खेलमा नङसलदेवी–रिहाना जोडीले नेपाल पुलिस क्लबका श्रेया वज्राचार्य र अस्मिता खत्रीको जोडीलाई २१–१५, २३–२१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो।

महिला युगलमै सुष्मा भुजेल–दिलाशा राना तथा निर्भिता शाही–निशा सिंहको जोडी पनि क्वाटरफाइनलमा पुगेका छन्।

ब्वाइज यू–१५ एकलतर्फ धन्यन्तरीका सुहम कार्की, कञ्चनपुरका उदय चन्द, सिन्धुलीका दीप थिङ र आर्मीका सामन्तभद्र वज्राचार्यसहित आठ खेलाडीले अन्तिम आठमा स्थान पक्का गरेका छन्।

गर्ल्स यू–१९ एकलतर्फ निभा राई, रिहाना शेरचन, अजरेन्का शेरचन, स्वर्लिन श्रेष्ठ, अस्मिता खत्री, सुविज्ञा दाहाल, समृद्धि श्रेष्ठ र दिलाशा राना क्वाटरफाइनलमा पुगेका छन्।

यस्तै, यू–१९ ब्वाइज एकलतर्फ पुलिसका कविर केसी, आर्मीका सौर्य महर्जन र सुदन राजकोटी तथा सिन्धुलीका दीप थिङले पनि अन्तिम आठमा स्थान सुरक्षित गरेका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ