च्याम्पियनद्वारा पराजुलीको स्वागत

काठमाडौं ,साउन ३० गते।
च्याम्पियन मार्सल आटर््स क्लब यूएसएले कराते खेलाडी तथा त्रिभूवन विश्वविद्यालयअन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुलीलाई क्लबको डोजोमा हार्दिक स्वागत गरेको छ ।
कराते प्रशिक्षक जनक खड्काको नेतृत्वमा न्यूयोर्कको क्विन्सस्थित काष्ठमण्डप रेस्टुरेन्टमा आयोजित भेटघाटमा वरिष्ठ कराते प्रशिक्षक सिंहबहादुर राना, एसियन कांस्य पदक विजेता कराते सम्मरबहादुर गोले, प्रशिक्षकहरू शान्तबहादुर थोकर र वीरबहादुर कुँवर तथा मकै हाउस मिडियाका संस्थापक एवं कराते खेलाडी बिक्की पुलामीको उपस्थिति थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ